FAQs Complain Problems

संक्षिप्त परिचय

काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत साविक ८७ वटा गा.वि.स. र ५ वटा
नगरपालिकालाई पुर्नसंरचना गरी हाल निर्मित ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका
सहित १३ वटा स्थानीय तहमध्येे  पूर्वमा चौंरीखोला पारी रहेको रामेछापको सुनपाती
गाउँपालिका र दोरम्बा गाउँपालिका, पश्चिममा काभ्रेको भुम्लु गाउँपालिका, उत्तरमा
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका र दक्षिणमा सुनकोशी पारी रहेको तेमाल
गाउँपालिका भित्रको ९८.२ वर्ग कि.मि. क्षेत्रफल रहेको  चौंरीदेउराली
गाउँपालिका भित्र ०७८ को जनगणना अनुसार ४१५६ घरपरिवारमा १४०७६ जनसंख्या
रहेको छ । साथै यस गाउँपालिकाको वडा नं. २ अन्तर्गत गगर्चे भन्ने गाउँमा
सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे गरी ४ वटा जिल्लाको सिमाना सङ्गमस्थल 
(मिट प्वोइन्ट) रहेको छ । यस गाउँपालिका भित्र साविकका नाग्रे गगर्चे, सानो बाङ्थली,
माझीफेदा, धुसेनी शिवालय, पोखरीचौंरी, गोठपानी, कात्तिके देउराली, मादन  कुँडारी र 
विर्ता देउराली सहित ९ वटा वडा गा.वि.स. हरु मिलाएर प्रत्येक गा.वि.स. लाई १ वडा
नघट्ने गरी ९ वटा कायम भएको र परापूर्वकाल देखि साविकको सबै गाउँवस्तीहरुलाई
चौंरी थुमका आधारमा, पुकारिँदै आएको ऐतिहासिक तथ्यका आधार र चार वटा मुख्य 
देउरालीहरु समेत रहेको हुँदा चौंरी र देउराली जोडेर यस गाउँपालिकाको नाम 
चौंरीदेउराली रहेको छ।

जन प्रतिनिधि