FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

मालपोत तथा सम्पति करको लागि आवश्यक कागजातहरु यस प्रकार रहेका छन्ः

  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि -१ थान
  • सम्बन्धित जग्गा धनिको फोटो(पासपोर्ट साइज) -१ प्रति
  • मालपोत,भूमिकर बूझाएको रसिदको प्रतिलिपि -१ थान
  • जग्गा तथा संरचनाको धनि उपस्थित हुन नसकेको खण्डमा निजको एकाघरको बाबु,आमा,दाजु,भाइ,पति,पत्‍नी,छोरा,छोरीको नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ

व्यवसाय दर्ताको लागि आवश्यक कागजातहरु यस प्रकार रहेका छनः

  • दर्ता निवेदन
  • पासपोर्ट साइज फोटो-२ प्रति
  • नागरिकताको प्रतिलिपि-१ थान

जेष्‍ठ नागरिक परिचय पत्रको लागि आवश्यक कागजातहरु यस प्रकार रहेका छन्ः

  • नागरिकताको फोटोकपि -१
  • जेष्‍ठ नागरिक परिचय पत्र फारम
  • पासपोर्ट साइजको फोटो -‍३